झापा , जेठ १४ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एकजनालाई पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्