बिर्तामोड,जेठ १५ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन शुरु भएको छ ।

बिहान ८ बजे शुरु भएको मतदानको समय बेलुका ५ बजेसम्मका लागि तोकिएको छ । निर्वाचनमा ८ हजार ७५४ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।निर्वाचनमा ९ पदमा २१ जनाले प्रतिष्पर्धा गर्दैछन् ।

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानल लोकतान्त्रिक– राष्ट्रवादी समूहबाट अध्यक्ष,उपाध्यक्ष , सचिव र कोषाध्यक्षसहित ९ जना उम्मेदवार छन् । त्यस्तै नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त गठबन्धन बनाएका छन् । दुईवटा प्यानलबाहेक अन्य तीनजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचनमा बिर्तामोडका स्थानीयदेखि जिल्ला तहका नेताहरु आ–आफ्नो प्यानलका लागि भोट मागिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्