झापा , जेठ १५ । विराटनगरमा कोशी प्रदेश नामकरणको खारेजीको माग गर्दै पक्राउ परेका ६० प्रदर्शनकारी रिहा भएका छन् ।

प्रदेश राजधानी विराटनगरमा आइतबार विरोध कार्यक्रममा सहभागी भई विभिन्न स्थानबाट पक्राउ परेका ८६ मध्ये ६० जना रिहा भएका हुन् । पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको कोसी प्रदेश गण, जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालयमा राखिएको थियो । पक्राउ परेकामध्ये २६ जना प्रहरी गण, पाँचजना जिल्ला प्रहरी कार्यालय, २२ जना कोसी प्रदेश प्रहरी तालिम केन्द्र र थप सातजना प्रहरी गणबाट छुटेका हुन् । फागुन १७ गते प्रदेशसभाबाट कोसी प्रदेश नामकरण गरिएसँगै पहिचानको आधारमा नाम नआएको भन्दै पहिचानवादीले आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्