झापा , जेठ १५ । झापाको कन्काई नगरपालिका-१, चुके कल्भर्टमा आज बिहानै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक ६५ वर्षीय दिपराज चरज रहेका छन् । बाटो पार गर्दै गरेका उनलाई आज बिहान पौने ५ बजे मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उपचारको लागि बिर्तासिटी अस्पताल पुर्याउनासाथ दिपराजलाई डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको बताइएको छ।