बिर्तामोड, जेठ १६ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जारी मतगणनामा मेघराज बास्तोला नेतृत्वको लोकतान्त्रिक राष्ट्रवादी प्यानलले दोब्बर अग्रता लिएको छ ।

केहीबेर अघिसम्म १०७६ मत गणना हुँदासम्म लोकतान्त्रिक– राष्ट्रवादी समूहबाट अध्यक्ष मेघराज बास्तोला ६९८ , उपाध्यक्ष शैलेन्द्र सिटौला ५५८, सचिव पारस मैनाली ६५० ,कोषाध्यक्ष शारदा रिजाल ४२४, खुल्ला सदस्यमा आनन्द गुरुङ ५१०, खगेन्द्र थापा ४६१ ,महिला सदस्यमा बालादेवी खरेल ५१८ , माया प्रधान खड्गी ५४६ र कमला अग्रवालले ५२२ मत ल्याएका छन् ।

त्यस्तै स्वतन्त्र प्रगतिशील समूहबाट अध्यक्ष देवेन्द्र सिटौला २६१ , उपाध्यक्ष प्रदीप खरेल ३५६,सचिव विष्णुप्रसाद चुडाल २४० ,कोषाध्यक्षमा विनिता राजवंशीले १७८ मत ल्याएका छन् । त्यस्तै खुला सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ २५८ , सुनिल शिवाकोटी २२६ तथा महिला सदस्यहरुमा तारा राई ३०२ , पुनम अधिकारी सुब्बा २९५ र सीमा सिलवाल ढुंगानाले २७७ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका स्वतन्त्र उम्मेदवार केशवकुमार श्रेष्ठले २६५ तथा खुल्ला सदस्यमा बलराम सिटौला(राम)ले १६१ मत ल्याएका छन् । खानेपानीमा ८ हजार ७५४ जना मतदाता रहेकोमा ३ हजार ७६४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्