बिर्तामोड, जेठ १६ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जारी मतगणनामा मेघराज बास्तोला नेतृत्वको लोकतान्त्रिक राष्ट्रवादी प्यानलले अग्रता बढाउँदै लगेको छ ।

बिहान ८ बजेसम्म १८०८ मत गणना हुँदासम्म लोकतान्त्रिक– राष्ट्रवादी समूहबाट अध्यक्ष मेघराज बास्तोला ११८७ , उपाध्यक्ष शैलेन्द्र सिटौला ९५५, सचिव पारस मैनाली १११२ ,कोषाध्यक्ष शारदा रिजाल ६९८, खुल्ला सदस्यमा आनन्द गुरुङ ८६३, खगेन्द्र थापा ७७२ ,महिला सदस्यमा बालादेवी खरेल ८६५ , माया प्रधान खड्गी ९१३ र कमला अग्रवालले ८८१ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र प्रगतिशील समूहबाट अध्यक्ष देवेन्द्र सिटौला ४३२, उपाध्यक्ष प्रदीप खरेल ५८५,सचिव विष्णुप्रसाद चुडाल ३९७ ,कोषाध्यक्षमा विनिता राजवंशीले ३०५ मत ल्याएका छन् । त्यस्तै खुला सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ ४३६ , सुनिल शिवाकोटी ३६० तथा महिला सदस्यहरुमा तारा राई ४९५ , पुनम अधिकारी सुब्बा ३७१ र सीमा सिलवाल ढुंगानाले ४६७ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका स्वतन्त्र उम्मेदवार केशवकुमार श्रेष्ठले ४६१ तथा खुल्ला सदस्यमा बलराम सिटौला(राम)ले २९४ मत ल्याएका छन् । खानेपानीमा ८ हजार ७५४ जना मतदाता रहेकोमा ३ हजार ७६४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्