झापा, जेठ १६ । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत धौला पुलनजिक रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी मिसावट भेटिएको छ ।

पेट्रोल हालेका सवारीसाधनहरु नकुदेपछि उनीहरुले आज साँझ पम्पमा आएर विवाद गरेका थिए ।ग्राहकहरुले पेट्रोल पम्प तोडफोड गर्न खोज्दा भीडलाई हटाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।त्यसपछि प्रहरी र जनप्रतिनिधिले सो पेट्रोल पम्प बन्द गराएका छन् । त्यस पम्पमा तेल हालेका धेरै अटो र मोटरसाइकल नचलेपछि ग्राहकहरु आक्रोशित भएका थिए । पेट्रोलमा मिसावट भए नभएको परीक्षण गर्न आयल निगमको टोली बोलाएको डीएसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्