एजेन्सी । फिलाडेल्फियामा भारतीय मूलका एकजना विद्यार्थीको गोली हानेर हत्या गरिएको छ ।

भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको खलीज टाइम्सले जनाएको छ । कामबाट फर्किंदै गरेका उनलाई अज्ञात आक्रमणकारीले गोली हानेका थिए । मृतकका आमाबाबु केरेलाको कोल्लम जिल्लाबाट करिब ३० वर्षअघि अमेरिका आएका भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै खलीज टाइम्सले जनाएको छ । जुडेमाथि लुटपाटको प्रयास भएको तथा सोही क्रममा दुईजनाले आक्रमण गरेका थिए। यो वर्ष भारतीय मूलका विद्यार्थीलाई अमेरिकामा लक्षित गरी मारिएको यो दोस्रो घटना हो। यसअघि अप्रिल २१ मा आन्ध्र प्रदेशका २४ वर्षीय विद्यार्थीलाई ओहायोको पेट्रोल पम्पमा गोली प्रहार गरी हत्या गरिएको थियो । भारतीय मूलका साईश वीराको काममा गइरहेका बेला अज्ञात आक्रमणकारीले गोली हानेर मारेका प्रहरीले जनाएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्