झापा , जेठ १७ । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा रहेको आफ्ना मन्त्री फिर्ता बोलाउने निणर्य गरेको छ ।

सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निणर्य गरेको हो। लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन्। जसपाले सरकारबाट फिर्ता आउने विषयमा गरेको निणर्यबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएको छ । ‘जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरु गरेको छ । जसपाले गरेको निणर्य पत्रकार सम्मेलनमार्फत जानकारी दिन्छौं,’ जसपाका प्रदेश अध्यक्ष दिपक याख्खाले जानकारी दिए । गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्