झापा, जेठ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने घोषणा गरेका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग हैदरावात हाउसमा भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले अबको १० वर्षभित्र नेपालबाट १० हजार बिजुली आयात गर्ने भारत सरकारको लक्ष्य रहेको बताए। उनले नेपालसँगको सम्बन्ध प्रगाढ बनाउन पेट्रोलियम पाइपलाइन,बिजुली आयात, हाइड्रो, रेलमार्गलगायतका क्षेत्रमा महत्वपूणर् निणर्य भएको बताए। उनले भने,’नौं वर्षको अवधिमा विभिन्न उपलब्धी भएका छन्। वीरगन्जमा नेपालको पहिलो आइसीपी बनाइयो,भारत-नेपालबीचको क्रस बोर्डर पेट्रोलियम पाइल बनाइयो, सीमा क्षेत्रमा रेल लाइन बनाइयो,नेपालबाट ४५० मेगावाट बिजुली आयात गरिरहेका छौं,’उनले भने,नौं सालको उपलब्धीबारे वणर्न गरे पूरै दिन लाग्छ।’

प्रधानमन्त्री मोदीले नेपालसँग सीमालगायतका सबै समस्याको समाधान गर्ने प्रतिवद्धता जनाए। प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । पेट्रोलियम पाइपलाइन, तल्लो अरुण, फुकोट कणर्ाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायतमा सम्झौता भएको हो । यस्तै सुनौली-भैरहवा इन्टीग्रेटेड चेक पोष्टको सिलन्यास गरिएको छ । बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन भएको छ। अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाईपलाइनको शिलन्यास,गोरखपुर-न्यू बुटवल चार सय केभी डबल सर्किट ट्रान्समीसन लाइन निर्माणको शिलन्यास, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्टलाई अघि बढाइने सम्झौता भएको छ । भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने समझदारी भएको छ। अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि समझदारी भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्