झापा, जेठ १९ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उच्च अधिकारी सवार एउटा गाडी शुक्रबार सुनकोसी नदीमा खसेको छ ।

उक्त गाडीमा सीटीईभीटीका सहसचिवलगायत सवार रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर गाडी सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको हो । गाडीका चालक पौडिएर खोलाबाहिर निस्किएका छन् । गाडीमा चारजना सवार थिए । त्यसमा सवार अरू व्यक्तिको अवस्था अज्ञात रहेको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनका अनुसार गाडीमा सवार व्यक्तिको खोजी जारी छ । उनीहरू भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्