झापा,जेठ १९ । गर्मीका कारण कन्काई नदीमा पौडी खेल्न जाँदा डुबेर कनकाई नगरपालिका २ का २१ बर्षिय सलिम गुरागाईको मृत्यु भएको छ ।

गुरागाई साथीहरुसंग स्थानीय कनकाई नदीको दोमुखा क्षेत्रमा दिउँसो ४ बजेतिर पौडी खेल्न गएकोमा ४ः १५ बजेतिर अचानक डुबेर मृत्यु भएको कनकाई २ का वडाध्यक्ष बलराम राई प्रतापले जानकारी दिए ।मृतकको शवलाई पोस्टमार्टमका लागि दमकतर्फ लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्