झापा, जेठ २० । आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी झापा बुद्धशान्ति १ की २१ वर्षिया एलिसा अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ ।

जेठ १२ गते बिहान ११ बजे बुद्धशान्ति गाउँपालिका– १ शान्ति चोकस्थित भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी उनी सख्त घाइते भएकी थिइन् । उनको आज बिहान राति २.३० बजे उपचारको क्रममा बिर्तासिटि हस्पिटल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सीतारमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षकी विद्यार्थी थिइन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदे गरेको मे ७ प ८१८१ नं को मोटरसाइकल र विपरित दिशाको मे १ प ९७६५ नं को अर्को मोटरसाइकल एकापसमा जुधेका थिए । मे ७ प ८१८१ नं को मोटरसाइकलमा मृतक अधिकारीसहित तीन जना सवार थिए । दुर्घटनामा सोही मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति १ कै २० वर्षिया स्वस्तिका श्रेष्ठ पनि सामान्य घाइते भएकी थिइन् । दुर्घटनापछि मे ७ प ८१८१ नं को मोटरसाइकलका चालक बुद्धशान्ति १ का २५ वर्षिय दिपेश ढकाल र मे १ प ९७६५ नं को मोटरसाइकलका चालक इलाम रोङ गाउँपालिका १ का ५८ वर्षिय धनबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्