बिर्तामोड, जेठ २१ । बिर्तामोड नगरपालिका वडा नं २ चारपानेस्थित बैसाबारी जाने सडकमा मे १ ख २८४९ नं को टिपरले अनियन्त्रित भई ठक्कर दिँदा दुईवटा सवारीसाधन र एउटा घरमा क्षति पुर्याएको छ ।

आज मध्यान्ह १२ बजे शनिश्चरेतर्फ जाँदै गरेको सो टिपरले शुरुमा मे १ त ३३२९ नं को ट्रयाक्टरलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भई पशुपति खतिवडाको घरभित्र राखिएको बा ८ च ७८०० नं को कारलाई ठक्कर दिएको छ ।

टिपरको ठक्करबाट खतिवडाको घर र घरभित्रको कारमा क्षति पुगेको छ । दुर्घटनामा ट्रयाक्टर चालक २२ वर्षिय जितेन्द्र श्रेष्ठ घाइते भएका छन् । टिपर चालक अर्जुनधारा ८ बस्ने २४ वर्षिय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्