झापा,जेठ २१ । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिनुभन्दा पहिले जन्मसिद्धका ३३ जना सन्तानले झापाबाट नागरिकता पाएका छन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आइतवार पहिलो दिन जिल्ला प्रशासन कार्यालय झापाबाट जन्मसिद्धका ३३ जना सन्तानले नागरिकता पाएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।

जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि प्रमाणीकरण भएको विधेयकका आधारमा जन्मसिद्धका सन्तानलाई नागरिकता दिन थालेको थियो । जन्मसिद्धका सन्तानहरुले नागरिकता लिने बाटो खुलेपछि जिल्ला प्रशासन कार्यालयमा निकै भीड लागेको थियो । झापा जिल्लामा जन्मसिद्ध नागरिक ९ हजारभन्दा बढी छन् । स्पष्ट कानुनी व्यवस्था नहुँदा उनीहरुका सन्तानले नागरिकता प्राप्त गर्न अझै सकेनन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय झापाले आज साँझ एक सूचना जारी गरी सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएकोले सो ऐन बमोजिमको नागरिकतासम्बन्धी सेवा हाललाई स्थगन गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्