झापा, जेठ २२ । बिर्तामोडको बसपार्कबाट प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहत दुई कारोबारीलाई पक्राउ गरेको छ ।

हिजो साँझ ६.३० बजे अर्जुनधारा नगरपालिका वडा नं. ११ बसपार्कस्थित मेमेङ होटल एण्ड लजमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त होटलको रुम नम्बर १०१ मा बस्ने अर्जुनधारा नगरपालिका वडा नं.१० बस्ने ३० वर्षिय बिक्रम लिम्बू र पाँचथर फिदिम नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षिय मदन मगरले प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा ३६ ग्राम ब्राउनसुगर, एक थान डिजिटल तराजु र २ हजार ५३०रुपैयाँ बरामद गरेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्