झापा, जेठ २२ । बिर्तामोड नगरपालिका वडा नं ३ आदर्श चौकका स्थानीयले काली माताको पुरानो थानलाई पुनर्स्थापना गरेका छन् ।

काली माताको थान भएको जग्गा अरुले किनेपछि त्यस थानलाई बिर्तामोड ९ स्थित काली माता मठ मन्दिरमा सारिएको थियो । हिजो स्थानीय कृष्ण राजवंशीले बौराउँदै साविक ठाउँमा काली माताको थान चाहिने बताएपछि बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीको उपस्थितिमा स्थानीयले थान पुनर्स्थापना गरेका हुन् । त्यस ठाउँमा थान बनाएर सदियौदेखि गजुवा राजवंशीले रणकाली पूजा गर्दै आएका थिए । त्यस थानप्रति धेरैले धार्मिक आस्था राखेका थिए । सो जग्गा बिक्री गरेपछि त्यहाँबाट काली थान हटाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्