झापा , जेठ २२ । झापाको दमकमा अत्यधिक गर्मीका कारण एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका-८ निवासी ७८ वर्षीय मोतीराज राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आइतबार दिउँसो घाँस काट्न मकै बारीमा गएका उनी अत्यधिक गर्मीका कारण त्यहाँ ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष दीपेश दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्