झापा, जेठ २३ । इलामको सूर्योदय नगरपालिका-८ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरिएको छ ।

मेची राजमार्गको सूर्योदय नगरपालिका-८ को छिपिटारबाट १९ ग्राम ब्राउनसुगर र एक थान मोटर साइकलसहित तीनजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका-९ गोलबस्ती बस्ने २७ वर्षका रोशन खवास, फाकफोकथुम गाउँपालिका-१ बस्ने २५ वर्षका विमल लिम्बू र सन्दकपुर गाउँपालिका-४ माबु बस्ने २७ वर्षीय निशान गुरुङ रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । पक्राउ पर्नेको साथबाट प्र-१-०२-०४१ प ३४१७ नम्बरको बुलेट बाइक र १९ ग्राम अर्थात् ३३० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । झापाबाट इलाम जाँदै गरेको अवस्थामा उनीहरूको खानतलासी गर्दा सो सामग्री पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्