झापा, जेठ २३ । नेकपा (माओवादी केन्द्र)को कोसी प्रदेश कमिटीले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको छ ।

माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको बैठकले सरकार छाड्ने निणर्य गरेको हो । विराटनगरमा सम्पन्न बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य भएको माओवादी केन्द्र प्रदेश कमिटी सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताए । अब यो निणर्य संसदीय दलबाट अनुमोदन भएपछि माओवादीका तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिनेछन् । एमालेका हिक्मत कार्कीको नेतृत्वमा गत पुस २४ गते सरकार गठन भएको थियो । सरकारलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन थियो । जसपाले समर्थन फिर्ता लिइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्