भद्रपुर,जेठ २३ । नेपाल पूर्व प्रहरी संगठन झापाले टिकापुर नरसंहारको आरोप प्रमाणित भएको भनिएका रेशम चौधरीको आममाफी फिर्ता हुनु पर्ने माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।


संगठनका झापा अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको हो ।

अध्यक्ष खड्गबहादुर खड्का, उपाध्यक्ष अभिचन्द्र रिजाल र सचिव कृष्णप्रसाद सापकोटाद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा मुलुकी ऐन तथा फौजदारी संहिताको १५९ र फौजदारी कसुर ऐन दफा २४ र ३७ को भावनाविपरित आरोपी छोड्ने निर्णय आएकोले सच्याएर चौधरीलाई कारावासमै राख्न माग गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्