झापा , जेठ २४ । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूणर् र बरुञ्चे हिमालहरूबाट ३५ हजार किलो फोहोर संकलन गरिएको छ ।

हालै पुरा भएको “सफा हिमाल अभियान २०२३” मार्फत हिमालहरूबाट फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो । यस अभियान मार्फत हिमालबाट ३५,७०८ केजी फोहोर संकलन गरिएको थियो । स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा-ल्होत्से क्षेत्रबाट १३,६२१ किलो फोहोर र प्लास्टिक संकलन गर्न सफल भएको थियो भने अन्नपूणर्बाट ३,५६७ किलो र बरुञ्चेबाट १८,५२० केजी गरी, जम्मा गरी ३५,७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो । यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक श्री अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदाकम्पनीले सम्मानित महसुस गरेको बताए । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्वपूणर् चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढावा दिएको छ । वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्