एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ ।

यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक हो। यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ । एप्पलको नयाँ १५ इन्चको म्याकबुक एयर १,२९९ डलरमा बिक्री गर्ने जनाएको छ । एप्पलको विश्वव्यापी विकासकर्ता सम्मेलन जुन ६ मा भारतीय समय अनुसार राति १०ः३० बजे सुरु भएको थियो । साथै, एप्पलले भिजन प्रो नामक भर्चुअल रियालिटी हेडसेटसमेत लन्च गरेको छ। कार्यक्रममा एप्पलले १५ इन्चको डिस्प्लेको म्याकबुक एयर र म्याक स्टुडियो मोडल सार्वजनिक गरेको छ । एप्पलले एम टु अल्ट्रा चिपसेट भएको नयाँ म्याक्स स्टुडियो लन्च गरेको छ । यो इन्टेलमा आधारित म्याक प्रो भन्दा ३ गुणा छिटो रहेको कम्पनीको दाबी छ , जसले १९२ जीबीको आन्तरिक मेमोरी प्राप्त गर्नेछ । यो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्