बिर्तामोड, जेठ २४ । आफ्नै पर्खालमा व्यानर टाँगेर विज्ञापन गरिरहँदा समेत बिर्तामोड नगरपालिका कार्यालयले हटाउन सकेको छैन ।

जेठ २६ गतेदेखि बिर्तामोडमा हुन लागेको मदन भण्डारी प्रथम राष्ट्रिय कराते प्रतियोगिताको व्यानर त्यहाँ टाँगिएको हो ।एउटाको देखासिकी गर्दै अरुले पनि त्यसरी व्यानर राख्ने हो भने बिर्तामोड नगरपालिका विगतको मुक्ति चौकजस्तै हुने छ ।

मुक्तिचौक वरिपरि रहेको ग्रिलमा सबैले प्रचार सामग्री राखिदिँदा कुरुप बनेको थियो । व्यानर टाँग्न नदिन त्यहाँबाट ग्रिल नै हटाइएको थियो । त्यसैले बिर्तामोड नगरपालिकाले कार्यालय अगाडि राखिएको व्यानर तत्काल हटाउन लगाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्