एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेसी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामी अनुबन्धित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बीबीसी न्युजका अनुसार मेसीले युरोपियन क्लबबाट आशाअनुरुपको प्रस्ताव नपाएपछि इन्टर मियामी जाने निश्चित बनेको खुलाएको छ । इङ्ल्यान्डका पूर्वखेलाडी डेविड बेकह्यामको इन्टर मियामी सह-मालिक हुन् । यस्तै, इटालियन खेल पत्रकार फाब्रिजियो रोमानाले पनि मेसीले इन्टर मियामीसँग सम्झौता गरिसकेको जनाएका छन् । रोमानाले मेसी र इन्टर मियामीबीचको सम्झौता केही समयपछि नै आधिकारिक रूपमा सार्वजनिक हुने खुलाएका छन् । मेसी २१ वर्ष बार्सिलोना बसाइपछि सन् २०२१ मा दुई वर्षको सम्झौतासहित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) अनुबन्धित भएका थिए । सम्झौतामा एक वर्ष थप गर्ने विकल्प रहे पनि दुवै पक्ष सहमत नहुँदा मेसी सिजनको अन्त्यसँगै फुकुवा भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्