झापा,जेठ २५। पूर्व– पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् ।


मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मंगलबारेमा मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहिचान नखुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए ।
चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ को टंकप्रसाद सुबेदी इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै दमक नगरपालिकाका कार्यपालिका सदस्य एवं नेकपा एमालेका नेता लोकबहादुर धिमालकी पत्नी ६४ बर्षिया हिरादेवी धिमालको अचानक मोटरसाइकलबाट लडेर मृत्यु भएको छ । दमक ९ स्थित पाणिनी मावि नजिकै दक्षिणतर्फबाट धिमाल दम्पती बिहीवार दिउँसो करिब २ बजे मोटरसाइकलमा घरतर्फ आउँदै थिए ।

अचानक आँखा तिरमिराएका कारण आफैं मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । तत्काल धिमाल दम्पतीलाई उद्धार गरी अस्पताल पुर्याइएकोमा श्रीमती हिरादेवीलाई बिहीवार साँझ विर्तामोडस्थित बिएण्डसी अस्पतालले मृत घोषणा गरेको दमक ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार मोटरसाइकलबाट लडेका कार्यपालिका सदस्य तथा नेता धिमाल समेत सामान्य घाईते भएका छन् । उनीहरु राजघाटमा रहेको ससुराली घर पुगेर फर्किने क्रममा सो दुर्घटना भएको वडाध्यक्ष भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्