झापा , जेठ २६ । झापामा अवैध सामान र बेवारिसे अवस्थामा फेला परेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको मेचीनगर नगरपालिका ६ बाट उक्त सामान र गाडी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब दुई लाख ४४ हजार बराबरको विन चिटर १७० पिस र ट्राउजर ४० पिस बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय पठाइएको छ । यस्तै बेवारिसे अवस्थामा फेला परेको मे१च ७९४६ नम्बरको बोलेरो गाडी पनि नियन्त्रणमा लिएर कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्