झापा , जेठ २६ । झापामा डाँका र खोटा चलन मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार उक्त मुद्दाहरूमा फरार रहेका इलामको माई नगरपालिका-२ का ३६ वर्षीय दिपेश भन्ने बिरबल राई र बुद्धशान्ति गाउँपालिका-४ बस्ने ५२ वर्षीय मणि जवेगु भन्ने बुद्धिकुमार केरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले दुवै फरार प्रतिवादीलाई बुधवार पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा कारागार पठाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतको २०७४ जेठ ३१ गतेको फैसला अनुसार डाँका मुद्दामा राईलाई ६ वर्ष कैद र ३ लाख ९ हजार ५९ रुपैयाँ २५ पैसा जरिवाना तोकेको छ, भने अदालतको २०७६ पुस २१ गतेको फैसला अनुसार खोटाचलन मुद्दामा केरुङलाई ३ वर्ष कैद र १० लाख ३३ हजार रुपैयाँ जरिवाना फैसला तोकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्