झापा, जेठ २६ । एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा सिता रानामगर, इन्दू बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झनाकुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वतीकुमारी चौधरी, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, अप्सरी बेगम र कविता जोशी छन्। १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा समूह ‘ए’ मा भारत र पाकिस्तान ‘ए’ टोलीसहित आयोजक हङकङ तथा नेपाल छन् । समूह ‘बी’ मा बंगलादेश र श्रीलंका ‘ए’ टोलीसहित यूएई र मलेसिया रहेका छन् । नेपालले जुन १३ मा पाकिस्तान ‘ए’, जुन १५ मा भारत तथा जुन १७ मा हङकङसँग समूह चरणका खेल खेल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्