भद्रपुर, जेठ २६ । भद्रपुर ८ स्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडि चन्द्रगढी भेट्रान्स क्लबले प्रथम मनोरञ्जनात्मक सांगीतिक महोत्सव गर्ने भएकोे छ ।

जिल्ला समन्वय समिति झापाको स्वामित्वमा रहेको मेची रंगशाला पश्चिमको चौरीमा क्लबले दैनिक दुई सय रूपैयाँ भाडा तिरेर जेठ २८ गतेबाट मनोरञ्जनात्मक सांगीतिक महोत्सव गर्न लागेको हो ।

महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबजीसम्बद्ध खेलदेखि राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा दैनिक सांगीतिक प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ ।

महोत्सव आयोजक समितिका उपाध्यक्ष भुपाल कार्कीका अनुसार पहिलो चरणमा १३ दिनसम्म चल्ने महोत्सवमा जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिँदा तोकिएको मापदण्डको पूर्ण पालना गर्दै मेला चल्ने छ । उनले मेलाबाट उठेको रकम फुटबल खेलको विकास र सहयोगका लागि खर्च गर्न चन्द्रगढी भेट्रान्स क्लबले कोषका रूपमा राख्ने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्