झापा, जेठ २७ । झापाको मेचीनगरमा शनिवार बिहान दुईवटा ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–१५ स्थित हिमशिखर प्लाई फ्याक्ट्री अगाडिको सडकमा ब्याक गर्दै गरेको मे १ ख ६०५ नम्बरको ट्रक रोकिराखेको ना २ ख ८७९९ नम्बरको ट्रकसंग ठक्कर खाई दुर्घटना हुँदा मे १ ख ६०५ नम्बरको ट्रकका सहचालकको मृत्यु भएको छ ।

ठेगाना नखुलेका २० वर्षीय अनमोल कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बिहान ६.१० बजे घाइते भएका कार्कीको उपचारका क्रममा बिहान ९.४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मे १ ख ६०५ नम्बरको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्