झापा, जेठ २७ ।झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न पाँचजनाको एक गिरोह पक्राउ परेको छ ।

शनिवार दिउँसो ३.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१२ मा रहेको कालिझोडा जंगलमा लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं.७ मियाबस्ती बस्ने १९ वर्षिय महमद आरिफलाई ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा अर्जुनधारा नगरपालिका वडा नं.११ स्टाफ चौक बस्ने २० वर्षिय प्रदिप दर्जीको साथबाट १ ग्राम ५०० मिलिग्राम, मेचीनगर नगरपालिका वडा नं.१३ बस्ने २८ वर्षिय धनबहादुर महताराको साथबाट ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुसंगै रहेका बिर्तामोड नगरपालिका वडा नं.१० सैनिकबजार बस्ने २४ वर्षिय सन्दिप लाम्गादे समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई थप अनुसन्धान गर्दै जाँदा बिगतका दिनदेखि नै लागूऔषधको कारोबारमा संलग्न प्रहरीको खोजीमा रहेका भारत दार्जिलिङ खोरीवारी थाना बस्ने ३२ वर्षिय राजेन्द्र बर्मनलाई मेचीनगर नगरपालिका वडा नं.७ ईटाभट्टामा फेला पारिएको थियो ।

चेकजाँच गर्दा उनको साथबाट १० ग्राम ब्राउनसुगर र नेपाली नगद २७ हजार ५०फेला परेको थियो । उनलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्