जेन्सी । रोड्रीले दोस्रो हाफमा गरेको गोलको मद्धतले म्यानचेस्टर सिटीले शनिबार इन्टर मिलानलाई १–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

यससँगै पेप ग्वार्डिओलाको सिटीले एकै सिजन तीन ठूला उपाधि चुमेको छ ।
बर्नार्डो सिल्भाले बनाएको अवसरमा रोड्रीले ६८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । सिटीले यसअघि इंग्लिस प्रिमियर लिग र एफएकप जितेको थियो । सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले एकै सिजन तीन उपाधि जितेयता सिटीले अहिले त्यस्तै उपलब्धी दोहोर्याएको हो ।

इंग्लिस फुटबलमा लगातार वर्चश्व कायम गरेयता सिटीले पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको हो । प्रशिक्षक ग्वार्डिओला तेस्रो पल्ट च्याम्पियन्स लिग जित्न पनि सफल रहे । यसअघि उनले बार्सिलोनाका लागि यो उपाधि जितेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्