एजेन्सी । फिल्म र टिभी शृङ्खलाका चर्चित अभिनेता मंगल ढिल्लोंको निधन भएको छ ।

‘खून भरी मांग’, ‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गर्ने मंगल ढिल्लोंलाई हालै लुधियानाको एक क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । उनको अस्पतालमा नै निधन भएको हो । मंगल ढिल्लोंको पैतृक गाउँ फरिदकोटमा पारिवारिक स्रोतले यसको पुष्टि गरेको छ । अभिनेता यशपाल शर्माले पनि एक फेसबुक पोस्टमार्फत उनको निधनको खबर पुष्टि गरेका छन् । शिरोमणि अकाली दलका अध्यक्ष सुखवीर सिंहले मंगलको निधनमा दुःख व्यक्त गरेका छन् । ट्विट गर्दै उनले लेखे, ‘पञ्जाबी सिनेमा उद्योगका चर्चित अभिनेता, लेखक, निर्देशक तथा निर्माता मंगल ढिल्लोंको निधनबारे थाहा पाएर दुःख लाग्यो । यो भारतीय सिनेमाको दुनियाँको लागि एक ठुलो क्षति हो । उनको मोहक आवाज र नाट्य प्रदर्शनलाई धेरैले याद गर्नेछन् ।’ मंगल ढिल्लों, पञ्जाबमा फरिदकोटमा बस्थे । मंगल ढिल्लोंको ‘करंट’, ‘जिंदगी एक जुआ’ र ‘हीर-रांझा’ जस्ता फिल्मका लागि परिचित छन् । सन् १९९४ मा उनले रितु ढिल्लोंसँग विवाह गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्