झापा, जेठ २८ । अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो नीतिमा पुनरवलोकन मौद्रिक नीतिमा गरेसँगै बैंकहरूको ब्याजदर घट्न थालेको छ ।

कोभिड-१९ , युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थियो । त्यसले बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुयाएको थियो । तर, अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीति लचिलो बनाउँदै लगेपछि ब्याजदर घट्न थालेको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को माघमा बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुगेको थियो । फागुनपछि भने बैंकहरूको निक्षेपको ब्याजदर, आधारदर र कर्जाको ब्याजदर घट्न थालेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्