झापा , जेठ २९ । आगामी असार १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको छ ।

दुई मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ । नेपालीसँगै हिन्दी भाषामा भारतका सिनेमा हलमासमेत प्रदर्शन हुनलागेको यो चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । शर्मिला पाण्डे चलचित्रकी निर्मात्री छिन् । दीपेन्द्र के खनालको लेखन रहेको चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ । डिएस डिजिटको व्यारमा निर्माण भएको चलचित्रको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ । चलचित्रमा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्