एजेन्सी । फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ ।

अर्जेन्टिनामा गएराति सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निणर्ायक गोल बनेको थियो। उरुग्वेले पहिलो पटक यू-२० विश्वकप जितेको हो । त्यस्तै पहिलो पटक यू-२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप-विजेतामा सीमित भयो । यू-२० विश्वकपको उपाधि धेरै पटक जित्ने देश भने अर्जेन्टिना हो । अर्जेन्टिनाले अहिलेसम्म ६ पटक यो उपाधि जितेको छ भने ब्राजिलले ५ पटक जितेको छ । त्यस्तै पोर्चुगल र सर्बियाले २-२ पटक यो उपाधि जितेका छन् । त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा भने इजरायलले दक्षिण कोरियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्