बिर्तामोड, जेठ २९। अनेरास्ववियु झापाको २१ औं जिल्ला सम्मेलनमा नयाँ नेतृत्वका लागि दुईजनाले उम्मेदवारी दिएका छन् ।

वर्तमान समितिका उपाध्यक्ष बलराम गिरी र सचिव नारायण पोखरेलले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । अधिवेशनमा जिल्लाभरबाट ७०३ जना प्रतिनिधि सहभागी भएका छन् ।

बन्दसत्रका लागि नेकपा एमालेका जिल्ला उपसचिव एवम् अनेरास्ववियुका पूर्व नेता असारु राजवंशीको संयोजकत्वमा अध्यक्ष मण्डल गठन भएको छ । जिल्ला अध्यक्ष रोशन लामाको अध्यक्षतामा भएको सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की , सचिव शिव ढुंगेल, प्रतिनिधिसभा सदस्य एवम् अनेरास्ववियु पूर्व अध्यक्ष सुनिता बराल, संगठनका केन्द्रीय सचिव एवम् कोशी प्रदेश इञ्चार्ज मनोज ताम्ली, सचिव दिपेश प्रसाईलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्