बिर्तामोड, जेठ ३० । अनेरास्ववियु झापाको २१ औं जिल्ला सम्मेलनमा नयाँ नेतृत्वका लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।
वर्तमान समितिका उपाध्यक्षहरु बलराम गिरी, लक्ष्मी गौली र सचिव नारायण पोखरेलले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।
३९ जनाको कार्यसमितिका लागि ६० भन्दा बढीले उम्मेदवारी दिएका छन् । अधिवेशनमा जिल्लाभरबाट ७०३ जना प्रतिनिधि सहभागी भएका छन् । नेकपा एमालेका जिल्ला उपसचिव एवम् अनेरास्ववियुका पूर्व नेता असारु राजवंशीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । हिजो मनोनयन दर्ता गरिएको र आज छलफल गराएर भोलिसम्म नयाँ नेतृत्व चयन गरिने निर्वाचन समितिका संयोजक राजवंशीले जानकारी दिए ।