भद्रपुर, जेठ ३० । भद्रपुर नगरपालिकाका पूर्व दमकल चालकको पैनीमा डुबेर मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ स्थित शान्तिचोक बस्ने ७५ वर्षीय जीवनकुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पस पूर्वपट्टि बग्ने पैनीमा डुबेको अवस्थामा उनको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएका थापा सोमबार साँझ घरमा कसैलाई जानकारी नगराई हिँडेका थिए ।

परिवारजनले उनको खोजी गर्ने क्रममा मंगलवार बिहान मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्