झापा, जेठ ३१ । इलाममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सूर्योदय नगरपालिका-११ स्थित केराबारीमा बिजुलीको पोलमा तार जडान गर्ने क्रममा करेन्ट लाग्दा इलाम-१० का ३५ वर्षीय तिलक राईको मृत्यु भएको छ । पोलमा करेन्ट लागेर भुईँमा झरी घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्