झापा, जेठ ३१ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेश सरकारले बुधबार गरेको सिफारिसअनुसार प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।

वर्षे अधिवेशन अन्त्य भएसँगै अल्पमतमा परेका एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई अध्यादेशबाट आउँदो आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याउन बाटो खुलेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश प्रमुख खापुङसमक्ष चालु वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिसको आधारमा प्रदेश प्रमुख खापुङ्ले प्रदेशसभाको वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संविधान र कानुनअनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेर प्रदेशसभालाई छलेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्