झापा , जेठ ३२ । कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ ।

उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले दिएको जानकारी अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने भएको हो । उनले आर्थिक मामिला तथा योजना कार्यालयमा सार्वजनिक गरिने बताए । कोशी प्रदेश आर्थिक अध्यादेश-२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश-२०८० जारी भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले बजेट ल्याउन लागेको हो । चलिरहेको बजेट अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्