झापा, असार १ । अवैध तवरले नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबी र तीनवटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो साँझ ७ बजे झापा अर्जुनधारा नगरपालिका वडा नं.४ टाङटिङ खोलाबाट नम्बर प्लेट नभएको एउटा जेसीबी र मे.१ ख. ३१५५, प्र.१–०१–००१ क.९२४, मे.१ ख.२८४८ नं.को ३ वटा टिपरले अवैध तवरले खोला उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

ती सवारीसाधनलाई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्