कुमरखोद , असार १ । झापा गाउँपालिका वडा नं २ स्थित हुलाकी राजमार्ग खण्डमा निर्माणाधिन अवस्थामा रहेको सानो माईखोलाको पुल अस्थायी रुपमा शुक्रवारदेखि संचालनमा आएको छ ।

विगत १०–१२ वर्ष अगाडीदेखि निर्माणको अवस्थामा रहेको पुल ठेकेदार कम्पनीले ८० प्रतिशत काम गरी छोडेर भागेपछि पुल अलपत्र अवस्थामा रहेको थियो । जनप्रतिनिधिहरुले पटकपटक ठेकेदार कम्पनीलाई निर्माण गर्न आग्रह गर्दा बेवास्ता गरेका थिए ।

ठेकेदार कम्पनीले बेवास्ता गरेपछि वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईको नेतृत्वमा स्थानीयवासीहरुको सहभागिता जुटाई सानोमाईको पुलमा अस्थायी रुपमा फलामको पाता ओछ्याएर संचालनमा ल्याइएको हो । पुल संचालन भएपनि ट्रक , बस , टिपर तथा भारवहन गाडीलाई भने पुलमाथिबाट जान रोक लगाइएको छ । पुलमाथिबाट फलामको पाता ओछ्याएकोले ठुला भारवहन गाडीको लोड थाम्न नसक्ने वडाध्यक्ष चम्लागाईले बताए । उक्त पुलबाट मोटरसाईकल , अटो , सिटी , कार , एम्वुलेन्स लगायतका साना गाडीहरु चल्ने उनले बताए ।

पुल संचालनमा आएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । स्थानीयवासी टेकबहादुर कार्की र कृष्णप्रसाद राजवंशीले एउटै स्वरमा भने, ‘बल्ल हामीलाई राहत भयो नत्र हामीले वर्षातको समयमा बाँसको पुलबाट जोखिम मोलेर नदी वारपार गर्नुपथ्र्यो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्