झापा, असार २ । सहकारी व्यवस्थापक क्लब (Co–Operative Managers Club ) झापाको अध्यक्षमा पुनः खोमप्रसाद बगाले निर्वाचित भएका छन् ।

संस्थाको आज बिर्तामोडमा भएको प्रथम अधिबेशनबाट तदर्थ समितिका अध्यक्ष बगालेलाई निर्विरोध रुपमा कार्यसमितिको अध्यक्ष चयन गरिएको हो । उनी मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै संस्थाको उपाध्यक्षमा निलकण्ठ निरौला कंचनजंघा बहुउद्देश्यीय दमक , महासचिव सन्तोषकुमार श्रेष्ठ सतासी बहुउद्देश्यीय बिर्तामोड , कोषाध्यक्ष तुलसा कुँवर प्रज्वला अपांग तथा महिला बहुउद्देश्यीय अर्जुनधारा तथा सदस्यहरुमा तिलकबहादुर कार्की शुभलक्ष्मी बहुउद्देश्यीय गौरादह, मानस सिटौला मेचीनगर साकोस मेचीनगर , कृष्ण ढुंगाना भद्रपुर साकोस भद्रपुर , अनिता गुरागाई मेची मासु उत्पादक सहकारी काँकडभिट्टा,लीलानाथ रेग्मी शिखर साकोस बिर्तामोड , विष्णुप्रसाद चुडाल साना बहुउद्देश्यीय कन्काई र विवेक राई चौतारी साकोस झिलझिले रहेका छन् ।

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा रहेको निर्वाचन समितिले निर्विरोध नेतृत्व चयन गरेको हो । जसको सदस्यहरुमा गोपाल काफ्ले र दुर्गा खतिवडा रहेका थिए । राष्ट्रिय सहकारी महासंघका सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले अधिवेशनको उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष बगालेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य महेन्द्र गिरी , लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेती , प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई ,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले वर्तमान सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानका विषयमा सहजीकरण गरेका थिए । निलकण्ठ निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्