बिर्तामोड, असार २ । भुतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीले गुरु पूर्णिमाका दिन सम्मान तथा अभिनन्दन कार्यक्रम गर्ने भएको छ ।

गत वर्षझैं यस वर्ष पनि भुतपूर्व विद्यार्थी समाजले सेवानिवृत्त भएका शिक्षक र विद्यालय कर्मचारीहरुलाई सम्मान गर्ने भएको हो । गुरु पूर्णिमाका दिन यही असार १८ गते विद्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरी ११ जना शिक्षक तथा विद्यालय कर्मचारीलाई सम्मान गरिने समाजका कार्यवाहक अध्यक्ष मदनगोपाल सुब्बाले बताए । सेवानिवृत्त भएका ७० वर्ष उमेर पुगेका शिक्षकहरु किशोर प्रसाई , मोहन ओली , मोहन पौड्याल , मोहनराज दाहाल , टेकनाथ न्यौपाने , दिलिपकुमार शर्मा , राधिकाकुमारी खड्का , लक्ष्मी ढकाल, दलबहादुर पुलामीलाई सम्मान गरिने भएको हो । त्यस्तै सेवानिवृत्त भएका विद्यालय कर्मचारीहरु जसबहादुर राई र उनकी पत्नी ज्ञानुमाया राईलाई पनि सम्मान गरिने कार्यवाहक अध्यक्ष सुब्बाले बताए ।

यसअघि गत वर्ष पनि भुतपूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन ब्रजनन्द झा,मुकुन्द पौडेल ,रामप्रसाद पौडेल, विष्णुकुमार भट्टराई ,निरा प्रधान ,लिला निरौला ,तेजप्रसाद प्रसाई ,श्रीप्रसाद तिम्सिना,देवेन्द्र गौतम र चन्द्रप्रसाद भट्टराई गरी ११ जनालाई नै सम्मान गरेको थियो । कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको कार्यबाहक अध्यक्ष सुब्बाले जानकारी दिए । गत वर्ष स्थापना भएको भुतपूर्व विद्यार्थी समाजले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

१ प्रतिक्रिया

  1. कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न सबै साथी हरुकाे सहयाेग र सामिप्यता काे आवश्यकता रहेकाे छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्