बिर्तामोड, असार २ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको गणित प्रदर्शनीअन्तर्गत बौद्धिक प्रतिभा प्रदर्शनी प्रतियोगितामा मोहनमाया मावि प्रथम भएको छ ।

नगरस्तरीय प्रतियोगिताअन्तर्गत माध्यमिक तहतर्फको प्रतिभा प्रदर्शनीमा मोहनमाया प्रथम भएको हो । यसैगरी माध्यमिकतर्फ नै कन्काई बोर्डिङ स्कुल द्वितीय, महेन्द्ररत्न मावि तृतीय र कञ्चनजंघा अंग्रेजी बोर्डिङ सान्त्वना भएका छन् ।

प्रतियोगिताको आधारभूत तहतर्फ देवी मावि प्रथम भएको छ । सोही तहमा महेन्द्ररत्न मावि द्वितीय, कनकाई बोर्डिङ तृतीय र ग्लोरी अंग्रेजी स्कुल सान्त्वना भएका छन् ।

प्रतियोगिताअन्तर्गत दुवै तहका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः नगद छ हजार, चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सयसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

नगरपालिकाले आधारभूत तहको बालबालिकाहरुको लागि गायन प्रतियोगिता समेत आयोजना गरेको थियो । यस प्रतियोगितामा मोहनमायाका अनुकुल निरौला प्रथम, न्यूटन्सका रवि पाठक द्वितीय, कञ्चनजंघा अंग्रेजी स्कुलका रोजी शेखा तृतीय र दुर्गा माविका समिर अधिकारी सान्त्वना भएका छन् ।

यस्तै कविता प्रतियोगितामा महेन्द्र रत्न माविका रोशिका सिलवाल प्रथम, वीर अमरसिंह माविका प्रकाश निरौला द्वितीय, एसेन्ट एकेडेमीकी प्रिया भण्डारी तृतीय र न्यूटन्स एजुकेशन एकाडेमीका गृष्मादेश प्रसाई सान्त्वना भएका छन् । यस्तै निवन्ध प्रतियोगितामा महेन्द्ररत्न माविकी तृष्णा भट्टराई प्रथम, न्यूटन्स एजुकेशनका इनुषा लिम्बु द्वितीय, न्युटन्सकै संस्कार भट्टराई तृतीय र ग्लोरी स्कुलकी सरु मगर सान्त्वना भए ।

गायन, कविता र निवन्ध प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुले नगद चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

नगरपालिकाको शिक्षा शाखाले वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिताको आयोजना गरेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए । महेन्द्र रत्न माविमा आयोजित कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्