झापा, असार ३ ।बिर्तामोड– २ चारपानेस्थित मोहनमाया माध्यमिक विद्यालयलाई पुस्तकालयको लागि सनराइज बैंक बिर्तामोड शाखाले एक लाख मूल्य बराबरको सहयोग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयको पुस्तकालयका लागि र्याक र पुस्तकगरी सो मूल्य बराबरको सहयोग गरेको सनराइज बैंक बिर्तामोड शाखाका प्रवन्धक गणेश गुरागाईले बताए । उनले पुस्तकालयलाई साहित्यिक , धार्मिक,ऐतिहासिक, विज्ञान र उत्प्रेरणासम्बन्धी ११० थान पुस्तक उपलब्ध गराइएको जानकारी दिए ।

विद्यालयमा आज बिहान आयोजित एक कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख विनोद गजुरेलले सो सहयोग विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठलाई प्रदान गरेका थिए । प्रधानाध्यापक श्रेष्ठको अध्यक्षता, बैंकका कोशी प्रदेश प्रमुख गजुरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बैंकका प्रदेश कार्यालयका प्रमोदकुमार दास , शाखा कार्यालयका बबिता खरेल , रविन गुरागाई , श्यामकुमार गुरुङ , मन्जु दाहाल क्षेत्रीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्