झापा , असार ३ । वर्षाका कारण नदिमा आएको बाढीले माछा बगाएर ल्याएपछि धनकुटाको मुलघाटस्थित तमोर नदीमा स्थानीयवासीहरू माछा मार्न घुइँचो लागेका छन् ।

वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथरमा जनधनको क्षति भए पनि धनकुटाको मुलघाट आसपासमा भने माछा मार्नेहरूलाई फाइदा पुगेको छ । तमोर तथा अरुण नदीमा बाढी आएपछि माछा मार्नेको भिड लाग्न थालेको छ । नदीमा लेदो सँगै ठूला ठूला माछाहरू बगरमा भेटिन थालेका छन् । तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा मार्नेहरूको भीड बढ्न थालेपछि जोखिम पनि उत्तिकै बढेको छ । नदीमा बाढी आएपछि एउटै माछा २५ केजीसम्मको भेटिएको छ। यसअघि २०७२ सालमा एक सय केजीसम्मको माछा भेटिएको मुलघाटकी फुलमाया श्रेष्ठले जानकारी दिइन् । तमोरमा भेटिएको माछा अहिले प्रतिकिलो एक हजार रुपैयाँसम्ममा बिक्रि भइरहेको छ । ठूला माछा भेटिएपछि स्थानीयको व्यापार फस्टाएको छ । आइतबार बिहानैदेखि तमोर नदीमा माछा मार्नेको भीड लागेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्